काठमाडौं । सामाजिक सञ्जालका लोकप्रिय प्लेटफर्म फेसबुक, इन्स्टाग्राम र मेसेन्जरमा शुक्रबार साँझदेखि एक्कासि प्राविधिक समस्या देखिएको छ । समस्याका कारण नेपालसहित विश्वका विभिन्न देशका लाखौं प्रयोगकर्ताहरू प्रभावित भएका छन्।
प्रयोगकर्ताहरूले फेसबुक र इन्स्टाग्राम चलाइरहेका बेला अकाउन्ट स्वतः लगआउट हुने, न्युज फिड लोड नहुने, पोस्टहरू नदेखिने तथा मेसेन्जरमार्फत सन्देश पठाउन र प्राप्त गर्न समस्या भइरहेको बताएका छन्। कतिपय फेसबुक, इन्स्टाग्राम र मेसेन्जर विश्वभर डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित
अचानक लगआउट, फिड नखुल्ने र मेसेज नजाने समस्या; मेटाको आधिकारिक प्रतिक्रिया अझै आएनप्रयोगकर्ताले लगइन गर्ने प्रयास गर्दा “Sorry, something went wrong” भन्ने सन्देश देखिएको गुनासो गरेका छन्। डाउनडिटेक्टर लगायतका विभिन्न अनलाइन सेवा निगरानी प्लेटफर्महरूमा पनि फेसबुक, इन्स्टाग्राम र मेसेन्जर सम्बन्धी समस्याको रिपोर्ट उल्लेख्य रूपमा बढेको देखिएको छ।

हालसम्म यी सेवाहरू सञ्चालन गर्ने मेटा कम्पनीले समस्याको कारणबारे कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन। प्राविधिक समस्या किन उत्पन्न भयो भन्ने विषय पनि स्पष्ट भइसकेको छैन।
समस्या देखिएपछि नेपालका प्रयोगकर्तासमेत सामाजिक सञ्जालमा वैकल्पिक माध्यममार्फत आफ्नो अनुभव साझा गरिरहेका छन्। मेटाले समस्या समाधानका लागि काम गरिरहेको अनुमान गरिए पनि कम्पनीबाट औपचारिक प्रतिक्रिया नआएसम्म वास्तविक अवस्था खुल्न बाँकी छ।
यस विषयमा थप विवरण प्राप्त हुनेबित्तिकै समाचार अद्यावधिक गरिनेछ।