अन्तिम क्षणमा चम्कियो कतार, स्विजरल्यान्डलाई रोक्दै विश्वकपमा इतिहास रच्यो

अन्तिम क्षणमा चम्कियो कतार, स्विजरल्यान्डलाई रोक्दै विश्वकपमा इतिहास रच्यो

फिफा विश्वकप २०२६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा कतारले स्विजरल्यान्डसँग १–१ को बराबरी खेल्दै महत्वपूर्ण अंक बटुलेको छ। खेलको अधिकांश समय पछि परेको कतारले इन्जुरी समयमा गोल फर्काउँदै हार टारेको हो।

स्विजरल्यान्डका लागि ब्रिल इम्बोलोले पहिलो हाफमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर खेल सकिनै लाग्दा कप्तान बोउलेम खोउखीले निर्णायक गोल गर्दै कतारलाई बराबरीमा पुर्‍याए।

यस नतिजासँगै कतारले विश्वकप इतिहासमा पहिलो पटक अंक हासिल गर्दै नयाँ कीर्तिमान बनाएको छ। सन् २०२२ को घरेलु विश्वकपमा अंकविहीन रहेको कतारका लागि यो नतिजा विशेष उपलब्धिका रूपमा हेरिएको छ।

#FIFAWorldCup2026 #Qatar #Switzerland #WorldCupNews #FootballUpdate #SportsNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD