अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा भेनेजुएली अपराधिक समूह ट्र्न डे अरागुआका नेता अमेरिकी सैन्य कारबाहीमा मारिएको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले भेनेजुएलाली मूलको कुख्यात समूह ट्रेन डे अरागुआका सर्वोच्च नेतालाई मारेको घोषणा गर्नुभएको छ ।

संयुक्त राज्य अमेरिकाले यस समूहलाई सुरक्षा खतरा मान्दै आधिकारिक रूपमा आतंकवादी संगठनको संज्ञा दिएको छ । राष्ट्रपति ट्रम्पले एक वक्तव्यमार्फत यस महत्वपूर्ण सैन्य सफलताको जानकारी दिनुभएको हो ।