मे महिनामा मात्रै चीनले गरयो ९ लाख ३० हजार सवारीसधान निर्यात

बेइजिङ, ३ असार । मे महिनामा चीनको सवारी साधान निर्यात ६८.७५ ले वृद्धि भएको छ ।

चीनले मे महिनामा ९ लाख ३० हजार सवारी साधन निर्यात गरेर चीनले नयाँ रेकर्ड बनाएको छ । यो  गत वर्षको तुलनामा ६८.७५ ले बढी हो।

जसमा ४ लाख ४६ हजार नयाँ ऊर्जा सवारी साधनहरू समावेश थिए, जुन एक वर्ष अघि निर्यात गरिएको संख्याको दोब्बरभन्दा बढी हो।

चीनको अटोमोबाइल उत्पादन र बिक्री मे महिनामा मात्रै क्रमशः २.६१६ मिलियन युनिट र २.६२९ मिलियन युनिट पुगेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन ।

चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्सका अनुसार चीनको सवारी साधान निर्यातको दर तिब्र रूपमा बिकास भईरहेको छ ।