अन्तिम समयमा बैकल्पिक खेलाडीवाट चम्कियो स्विटजरल्याण्ड, बोस्नियामाथी ४-१ को जीत

काठमाडौं, ५ असार । स्विट्जरल्यान्डले फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो दोस्रो खेलमा बोस्निया एन्ड हर्जेगोभिनामाथि ४–१ को सानदार जित हासिल गरेको छ ।

वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मिडफिल्डर योहान मन्जाम्बी चम्किए पछि स्विटजरल्याण्डले यो फराकिलो जीत हासिल गरेको हो ।

बिहीबार मध्यराति लस एन्जसल रंगशालामा सम्पन्न समूह ‘बी’को खेलमा मन्जाम्बीले ७२औं मिनेटमा स्ट्राइकर डान एनडोयलाई प्रतिस्थापन गरेका थिए । दुई मिनेट बित्न नपाउँदै भलीमार्फत टोलीलार्ई ब्रेक थ्रु दिलाएका उनले ९०औं मिनेटमा अर्को गोल पनि गरे ।

सो अघि भार्गस ८४औं मिनेटमा गोल गरेका थिए । जुन गोलपछि टोलीले २–० को अग्रता बनाउन सफल भएको थियो । तर,
८०औं मिनेटमा बोस्निया १० खेलाडीमा सीमित भइसकेको थियो ।

पेनाल्टी बक्सबाहिर स्ट्राइकर ब्रील एम्बोलोलाई ट्याक्कल गरे पछि सेन्टरब्याक तारिक मुहारेमोभिकले रातो कार्ड खाए । एक खेलाडी कम भएपछि स्विट्जरल्यान्ड थप आक्रमक बनेको थियो । यही कारण मन्जाम्बीको व्यक्तिगत दोस्रो गोल सम्भव हुन पुगेको थियो ।

यद्यपि बोस्नियाले इन्जुरी समयको तेस्रो मिनेटमा सान्त्वना गोल फर्कायो । कर्नरलाई सदुपयोग गरेका एर्मिन माहमिकले शक्तिशाली प्रहारमा ग्रेगोर कोबलाई बिट गरे । तर, स्विट्जरल्यान्डको अन्तिम गोल आउन अझै बाँकी थियो ।

 

भार्गास र मन्जाम्बीसँगै मैदानमा प्रवेश गरेका मिडफिल्डर जिब्रिल सोलाई विपक्षी मिडफिल्डर अमार मेमिकले फउल गरेपछि स्विट्जरल्यान्डले पेनाल्टी पाएको थियो । जसलाई कप्तान ग्रानिट जाकाले सदुपयोग गर्दै ४–० को अग्रता लिन स्विटजरल्याण्ड सफल भयो ।

जितसँगै स्विट्जरल्यान्ड ४ अंकसहित समूहको शीर्ष स्थानमा उक्लिएको छ । यसअघि आफ्नो पहिलो खेलमा टोली कतारसँग १–१ को बराबरीमा रोकिएको थियो । बोस्नियाको एक अंक छ ।

images