
काठमाडौं, ५ असार । चलचित्र विकास बोर्डले राष्ट्रिय चलचित्र पुरस्कार २०८३ बितरण गरेको छ ।
शितल निवासस्थित राष्ट्रपति भवनमा आयोजित बिशेष समारोहमार्फत सो पुरस्कार बितरण गरेका हुन । राष्ट्रपति रामचन्द्र पौडेलले बिजेता सबैलाई पुरस्कार र सम्मान पत्र प्रदान गरेका छन् । हरिहर शर्मा, अरुण गुप्तो, करुण थापा, मिलन चाम्स र सरिता गिरी रहेको निर्णायक मण्डलले छनौट गरेका चलचित्र, कलाकार र अन्यलाई पुरस्कार र सम्मान पत्र प्रदान गरिएको हो ।


जसअनुसार पुरस्कार र सम्मान पाउनेको सुची यस्तो छः

उत्कृष्ट चलचित्रः उनको स्वीटर – ७५ हजार रूपैयाँ नगदसहित
उत्कृष्ट निर्देशकः नबिन चौहान (उनको स्वीटर) – २५ हजार हजार नगदसहित
उत्कृष्ट अभिनेताः नीर शाह (परानं) – २५ हजार नगदसहित
उत्कृष्ट अभिनेत्रीः मिरुना मगर (उनको स्वीटर) – २५हजार नगदसहित
उत्कृष्ट लेखकः दिपक प्रसाद आचार्य र यम थापा (परान) – २५हजार नगदसहित
उत्कृष्ट छायाङ्कनः बाबु श्रेष्ठ (कोशेढुंगा) – २५हजार नगदसहित
उत्कृष्ट सम्पादनः नहकुल खड्का (कोशेढुंगां) – २५हजार नगदसहित
उत्कृष्ट आदिवासी चलचित्रः इन्दिरा धिमे मैचा (नेपाल भाषा) – २५हजार नगदसहित
जुरी प्रोत्साहनः आना शर्मा (रमिताको पिरती) र बिमोचन दवाडी (झरी पछीको इन्द्रेणी) – २५हजार नगदसहित
बिशेष चलचित्र पुरस्कारः नाक्छोङ (ज्योतिराज राई) – २५हजार नगदसहित
सम्मान

दीर्घ साधना सम्मानः मदनकृष्ण श्रेष्ठ, बरिस्ठ अभिनेता (तीन लाख ७५ हजार नगदसहित)
स्वर्गीय दिनेश सिटौला – पत्रकार (५० हजार नगदसहित)

विष्णु गोपाल श्रेष्ठ – चलचित्र प्रदर्शक
मेनुका प्रधान – अभिनेत्री
डा. सिंह गुरुङ – निर्माता÷प्रदर्शक
प्रकाश सुवेदी – पत्रकार
अभिनाश विक्रम शाह – निर्देशक
रोहित रुम्बा – अभिनेता
एञ्जिला सुब्बा – अभिनेत्री
लक्ष्मी बर्देवा – अभिनेत्री
बिनोद शेरचन – निर्माता
शङ्कर पाण्डे – प्रोडक्सन म्यानेजर





