
चीनको तियान्जिन बन्दरगाहबाट संयुक्त राज्य अमेरिकाको बन्र्स हार्बरका लागि झन्डै १ हजार टन तौल भएका विन्ड टर्बाइन ब्लेडहरू बोकेको जहाज प्रस्थान गरेको छ ।
चीनमा निर्मित यी विशाल ब्लेडहरूले अमेरिकाका स्थानीय वायु ऊर्जा परियोजनाहरूको क्षमता अभिवृद्धि गर्न सहयोग पुरÞ्याउनेछन् ।

यस पहलबाट वायु शक्तिको अधिकतम् उपयोग गरी अमेरिकी घरपरिवारमा स्वच्छ र नवीकरणीय ऊर्जाको आपूर्ति सुनिश्चित हुने अपेक्षा गरिएको छ ।




