
प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहले सरकारको गति र काम र नियन्त्रणबाहिर नरहेको दाबी गर्नुभएको छ ।
चितवनको भरतपुरमा जारी रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीलाई जवाफ फर्काउँदै सरकार नियन्त्रणमा रहेको भन्दै चिन्ता नलिन आग्रह गर्नुभयो । साहले सरकारको गति रोक्नुपर्ने अवस्था स्थानीय बाटोमा हिँड्ने गाडीमा हुने टिप्पणी गर्नुभयो ।


प्रधानमन्त्री शाहले सरकारको यात्रा अनियन्त्रित नभएको र वातावरण पनि अनुकूल रहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकार भनेको त गाडी जस्तो हो एक्सलेटर मात्र होइन ब्रेक पनि हुन्छ भन्नुभएको छ । ब्रेक पनि लाउनुपर्छ भन्दै चिन्ता पनि मान्नुभएको छ । त्यस्तो चिन्ता लोकल रोडहरु तिर हिँड्दा लिनुपर्ने हो । कहिले लेफ्टबाट र राइटबाट आउँदो रहेछ । तर हाम्रो गाडी लोकल रोडमा हिँडेको गाडी होइन । एस्कप्रेस वेमा हिँडेको गाडी हो गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छ । र हाम्रो गाडी अनियन्त्रित पनि छैन । वातावरण पनि मिलेर गएको छ ।’
उहाँले सरकार सुशासन र विकास निर्माण गर्ने कुरामा प्रतिवद्ध रहेको बताउनु भयो ।




