
प्रधानमन्त्री बालेन्द्र साहले नेपाल–भारत सीमा विवाद समाधानका लागि तेस्रो पक्षको मध्यस्थता नखोजेको स्पष्ट पार्नुभएको छ । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले आवश्यक परे ब्रिटिस शासनकालका प्रमाण जुटाउने कुरा गरेको बताउनु भयो । उहाँले हामीसँग कालापानी, लिपुलेकको प्रमाण रहेको र त्यही प्रमाण ब्रिटिसबाट ल्याउन खोजेको बताउनु भयो ।


उहाँले भन्नुभयो, ‘ हामीसँग कालापानी लिपुलेकको प्रमाण छ । हामीले पहिले ब्रिटिसले राज गर्दाको प्रमाण ल्याउनुपर्छ भने ल्याउँछौं भनेका हौं । हामीले ब्रिटिसलाई मध्यस्त बनाउन खोजेका हैनौं । हामी हाम्रा छिमेकीहरूसँग आफैँ कुरा गरेर मिलाउँछौं । हामीसँग प्रमाण छ,मेरो राष्ट्रियताप्रति कसैले पनि आशंका मान्नुपर्दैन ।’

प्रधानमन्त्री साहले नेपालले आफ्ना छिमेकीहरूसँग प्रमाणका आधारमा संवाद गरेर सीमा समस्या समाधान गर्ने बताउनु भयो ।




