आजको मौसम : केही प्रदेशमा वर्षा, तराईका क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौं, असार २४ । देशका विभिन्न क्षेत्रमा मनसुनी वायु सक्रिय रहँदा आज पनि पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ भने तराईका केही क्षेत्रमा तातो लहरको असर कायम रहने भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण भू–भाग, गण्डकी प्रदेशका केही भू–भाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभाव रहेको छ। अन्य क्षेत्रमा भने पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ।

हाल देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

दिउँसो यस्तो रहनेछ मौसम

आज दिउँसो देशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने कोशी प्रदेशको तराई क्षेत्रमा पनि बादल लाग्ने सम्भावना छ। मधेश प्रदेशमा आंशिक बदली रहनेछ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी कोशी प्रदेशको तराईका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने विभागले जनाएको छ।

तातो लहरको चेतावनी

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा आज पनि तातो लहरको अवस्था कायम रहने सम्भावना छ। बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा पनि अत्यधिक गर्मी तथा तातो दिन रहने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

रातिको मौसम

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने कोशी प्रदेशको तराई क्षेत्रमा पनि बादल लाग्ने सम्भावना छ। मधेश प्रदेश तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ।

कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थान तथा बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराईका थोरै स्थान तथा मधेश प्रदेशका केही स्थानमा पनि वर्षा हुन सक्ने विभागले जनाएको छ।

images

विभागले मेघगर्जन, चट्याङ, वर्षा तथा तातो लहरबाट हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

#WeatherUpdate #NepalWeather #MonsoonUpdate #RainAlert #HeatWave #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

images