
काठमाडौँ । जारी फिफा विश्वकप फुटबलको समुह के बाट कोलम्बिया समुह विजेता बनेको छ ।
आइतबार बिहान सम्पन्न खेलमा पोर्चुगलसँग गोल रहित बराबरी खेलेपछि कोलम्बिया ३ खेलमा ७ अंकसहित समुह विजेता बनेर नकआउट चरणमा पुगेको हो । त्यस्तै ३ खेलमा ५ अंकसहित समुहको उपविजेता बन्दै पोर्चुगल नकआउट चरणमा पुगेको छ ।


त्यसैगरी यसै समुहको अर्को खेलमा डिआर कंगोले उज्बेकिस्तानलाई ३-१ गोल अन्तरले पराजित गर्दै नकआउट चरणमा पुगेको छ । १-० गोलले पछि परेको कंगोले खेलमा पुनरागमन गर्दै जित हासिल गरेको थियो । कंगो छनौट भएसँगै दक्षिण कोरिया विश्वकपबाट बाहिरिएको छ ।

अब नकआउट चरणमा कोलम्बियाले घानाको सामना गर्ने छ भने पोर्चुगलले क्रोसियाको सामना गर्ने छ । त्यस्तै डिआर कंगोले इङल्याण्डको सामना गर्ने छ ।





