फुजमोरीको छोरी बनिन पेरूको पहिलो महिला राष्ट्रपति

पेरू, १४ असार । दक्षिण अमेरिकन राष्ट्र पेरुमा पहिलो पटक महिला राष्ट्रपति बन्ने पक्का भएको छ।

चौथो पटक चुनाव लडेकी दक्षिणपन्थी नेतृ केइको फुजिमोरी (५१ं) ले बिजय हासिल गरेकी छिन्। केइकोले लगभग ५०.१ प्रतिशत मत प्राप्त गरेकी छिन् भने वामपन्थी उम्मेदवार रोबर्टो सान्चेजले ४९.९ मत प्राप्त गरेका छन । केइकोले जुलाई २८ मा राष्ट्रपतिको पद तथा गोपनीयताको शपथ लिनेछिन्। उनी पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीकी छोरी हुन्।

केइकोले सन् २०१८ देखि २०२० को बीचमा चुनावी कोषसम्बन्धी एउटा मुद्दामा जेल जीवन पनि बिताएकी थिइन्। अहिले भने उनको सामु अपराध, भ्रष्टाचार र राजनीतिक अस्थिरताका समस्याहरू बीच देशलाई अघि बढाउने चुनौती रहेको छ।

सन् १९९० को दशकमा केइकोका बुबा अल्बर्टो फुजिमोरी राष्ट्रपति थिए। त्यसबेला पेरु ‘सेन्डेरो लुमिनोसो अर्थात साइनिङ पाथ नामक विद्रोही समूहको आक्रमणबाट आक्रान्त थियो। राष्ट्रपति भवन पनि विद्रोहीहरूको निसानामा पर्ने भएकाले सुरक्षाका लागि केइको र उनका दाजुभाइ–दिदी बहिनीहरूले प्रायः लामो समयसम्म बंकरमा बस्नु पर्ने हुन्थ्यो। जब राति विस्फोट र आक्रमणको खबर आउँथ्यो, बच्चाहरू डराउँथे र स्कूल नजाने जिद्दीसमेत गर्ने गर्दर्थे।

तर, तिनीहरूका बुबा अल्बर्टो फुजिमोरीको एउटा नियम थियो, जे भए पनि तिनीहरूको शिक्षा रोकिनु हुन्ने भन्ने थियो । यही उनीहरूले संकटको बीचमा सामान्य जीवन बिताउन सिकेका थिए ।

सन १९९४ मा केइको संयुक्त राज्य अमेरिकाको स्टोनी ब्रुक विश्वविद्यालयमा अध्ययनरत थिइन्। त्यसै समयमा एक विवादले उनका आमाबाबुलाई भने अलग गरिदियो । उनकी आमा सुसाना हिगुचीले अल्बर्टोका सहयोगीहरूलाई भ्रष्टाचार र राजनीतिक हस्तक्षेपको आरोप लगाएकी थिइन्।

यस पारिवारिक द्वन्द्वको बीचमा केइकोले आफ्नो पढाइ त्यागेर पेरु फर्कनु परेको थियो । केवल १९ वर्षको उमेरमा उनका बुबाले श्रीमती सुसानाको ठाउँ लिनु परेको थियो । छोरी केइकोलाई प्रथम महिलाको जिम्मेवारी सुम्पिए पछि उनी विश्वकै सबैभन्दा कान्छी प्रथम महिलाहरू मध्ये एकको रूपमा चिनिन थालिन्।

त्यस समयमा केइकोले राष्ट्रपति भवनका केही भागहरूलाई उनको मनपर्ने गुलाबी रंगले सजाइन्। अनुभवहीन किशोरी भएकोमा उनले त्यसको कडा आलोचना भोगिन् तर केइकोले यसलाई सामान्य कुराको रूपमा खारेज गरिन्।

images

भावी राष्ट्रपति केइकोका दुई छोरीहरू छन्। २०१८ मा उनी मनी लान्ड्रिङ र चुनावी कोषको मुद्दामा जेल परेकी थिइन्। त्यस समयमा उनले जेलबाट आफ्ना छोरीहरूलाई पत्र लेखिन्, जसमा उनीहरूलाई आफ्नो पढाइमा ध्यान केन्द्रित गर्न बलियो रहन र परिवारको हेरचाह गर्न सल्लाह दिइन ।  पत्रहरूले उनका छोरीहरू र केइको आफैंलाई कठिन समयमा मानसिक सहयोगको स्रोतको रूपमा काम गरे। उनी लगभग १३ महिना पछि रिहा भइन् र फेरि राजनीतिमा सक्रिय भइन्।

अब आज उनले मुलुककै पहिलो महिला राष्ट्रपतिको रूपमा पद तथा गोपनियताको सपथ लिने भएकी छिन् ।

images