
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी वायुसेनाले इरानका विभिन्न सैन्य रणनीतिक केन्द्रहरूमा आक्रमण गरेको बताउनुभएको छ ।
इरानले पुनः युद्धविराम सम्झौताको उल्लंघन गरेपछि उक्त कारबाही गरिएको उहाँले स्पष्ट पार्नुभएको छ ।

आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत जानकारी दिँदै राष्ट्रपति ट्रम्पले अमेरिकी विमानहरूले इरानका क्षेप्यास्त्र (मिसाइल) तथा ड्रोन भण्डारण स्थलहरू र तटीय राडार केन्द्रहरूलाई निशाना बनाएको उल्लेख गर्नुभयो ।




