
चीनको गुइझोउ प्रान्तमा अग्नि नियन्त्रक गोताखोरहरूले चुनौतीपूर्ण परिस्थितिमा गरिने उद्धार कार्यका लागि विशेष अभ्यास सम्पन्न गरेका छन् ।
नदीका घाटदेखि बाढीग्रस्त खानीहरूसम्मका विभिन्न क्षेत्रलाई समेटेर उक्त तालिम सञ्चालन गरिएको हो । तालिमका क्रममा गोताखोरहरूले खुला पानीको वास्तविक परिस्थितिमा पानीमुनिबाट सुरक्षित रूपमा बाहिर निस्कने र डुबेका सवारी साधनहरूको खोजी तथा उत्खनन गर्ने सीपको अभ्यास गरिरहेका छन् ।

कठिन भौगोलिक र जलमग्न अवस्थामा हुनसक्ने सम्भावित दुर्घटनाहरूलाई मध्यनजर गर्दै टोलीको दक्षता वृद्धिका लागि यो विशेष अभ्यास आयोजना गरिएको हो ।






