
हैदाराबाद, १५ असार । एसएस राजामौली फ्रान्समा भइरहेको एनेसी एनिमेसन फेस्टिभलमा पुगेका थिए ।
‘बाहुबलीः द इटरनल वार’ जुन उनको नयाँ परियोजना ‘वर्क इन प्रोग्रेस’ श्रेणीको लागि छनोट गरिए पछि उनी त्यहाँ पुगेका थिए ।

सो कार्यक्रम पछि राजामौलीले मिडियासँग आफ्ना आगामी परियोजनाहरूको बारेमा कुरा गरेका थिए । ‘भेराइटी’ सँगको कुराकानीमा उनले खुलासा गरे कि महेश बाबु र प्रियंका चोपडाको साथमा मिलेर बनाइरहेको ‘वाराणसी’ को लागि प्रमुख छायांकन पूरा भएको छ।
उनका अनुसार फिल्मको लागि सबै ठूला स्तरीय दृश्यहरू छायांकन गरिएको छ, यद्यपि केही महत्त्वपूर्ण अन्तरसम्बन्धित दृश्यहरू मात्रै अब छायांकन गर्न बाँकी रहेको छ। र, राजमौलीका अनुसार यो काम अक्टोबर अघि भने पूरा हुन सक्दैन।


अब चलचित्रको भिजुअल इफेक्ट्स सम्बन्धी काम नोभेम्बरवाट सुरु गर्ने योजना बनाइएको उनले जानकारी दिएका छन् । राजमौलीको यो भनाइ सार्वजनिक हुनासाथ उनले इतिहास दोहोर्याउन लागेको अड्कलबाजी सुरु भएको छ । अर्थात् आरआरआर जस्तै वाराणसी चलचित्रको प्रदर्शन मिति पनि पछाडि सर्न सक्छ। यद्यपि, आरआरआरको प्रदर्शन कोभिड–१९ को ओमिक्रोन भेरियन्टका कारण ढिलो भएको थियो भने वाराणसीको हकमा भने सुटिङमा हुने ढिलाइले गर्दा मिति सर्न सक्ने जनाइएको छ ।

यसको रिलिज मिति सर्न सक्नेका तीनवटा पक्षहरू देखिएका छन्। पहिला, मध्यपूर्वमा तनावका कारण विदेशमा हुने भनिएको छायांकनहरू रद्द गरिएको थियो। त्यस पछि हैदराबादमा पानीको अभावले सम्पूर्ण युनिटलाई प्रयागराजमा स्थानान्तरण गर्न बाध्य भएको थियो अनि त्यसपछि, भारी भिजुअल इफेक्टको काम बाँकी रहेको छफ, वाराणसी खण्डमा समावेश विशेष प्रभावहरू पनि व्यापक छन्।
राजामौलीको स्वभावलाई ध्यानमा राख्दै यो विश्वास गरिन्छ कि पूर्णता प्राप्त गर्न समय लाग्नेछ। फलस्वरूप फिल्म अप्रिल ७, २०२७ मा रिलिज नहुने अनुमान अहिले नै गरिएको छ।





