
लन्डन, १६ असार । बेलायतमा एक एआई च्याटबट वकिलले वास्तवमा अर्का मानव वकिललाई हराएर अदालतको मुद्दा जितेको छ।
बेलायतमा भएको सुनुवाइमा ‘गारफिल्ड एआई’ नामक कानुनी च्याटबटले मुद्दाका कागजातहरू मात्र तयार गरेन, अदालतमा मुद्दाको बहस पनि गर्यो। तीन घण्टा लामो बहस पछि एआई च्याटबटले एक वास्तविक वकिललाई पराजित गर्यो र लगभग ७ हजार पाउन्ड बराबरको मुद्दा जिताएकाे छ।

रिपोर्टहरूका अनुसार ‘गारफिल्ड एआई’ ले तामिरेस क्यामल ताक्विदिर नामक एक स्वतन्त्र मानव संसाधन पेशेवर वकिलको मुद्दा सम्हालेको थियाे। बेलायतमा कानुनी लडाई लड्दा सामान्यतया अत्यधिक लागत लाग्ने गर्छ तर ‘गारफिल्ड एआई’ ले केवल ४०० पाउन्ड शुल्कमा बहस सम्पन्न गरेकाे छ ।


‘गारफिल्ड एआई’ ले गत वर्षको अप्रिलमा बेलायतको ‘सोलिसिटर्स रेगुलेसन अथोरिटी’ बाट स्वीकृति प्राप्त गरेकाे थियाे र त्यसपछि उसले मुद्दाको तयारी गरेकाे थियाे । एआईले चार जना साक्षीका बयान र थुप्रै कागजातहरू लगायत मुद्दाको सुनुवाइपूर्वका सम्पूर्ण कानुनी कामहरू सम्पादन गरेर अदालतमा उपस्थित भएकाे थियाे ।
त्यसपछि ‘गारफिल्ड एआई’ लाइ मुद्दा सुरु हुनुभन्दा केही समय अघि वन एसेक्स अदालतमा जुनियर ब्यारिस्टर डोमिनिक लीले नियुक्त गरेका हुन । गत मे महिनामा वान्ड्सवर्थ काउन्टी अदालतमा तीन घण्टा चलेको मुद्दामा ब्यारिस्टरहरूले दुवै पक्षको प्रतिनिधित्व गरेका थिए । अन्ततः, अदालतले ताकदिरको पक्षमा फैसला सुनायो र उनकाे प्रतिबादीलाई ७ हजार पाउन्ड जरिवाना मात्रै गराएन, प्रतिदावी पनि खारेज गर्यो। मुद्दा सकिएपछि डोमिनिक लीले भने, ‘मैले गारफिल्ड एआई द्वारा उत्पन्न गरिएका कागजातहरू यस परीक्षणको उद्देश्यका लागि पर्याप्त पाएँ।’

फिलिप योङ ‘गारफिल्ड एआई’ का संस्थापक हुन्, यो विश्वकै पहिलो यस्तो कानुन व्यवसायी संस्था हो, जसले पूर्ण रूपमा एआईमार्फत कानुनी सेवा प्रदान गर्न अनुमति प्राप्त गरेको छ र नियमनको दायरामा रहेको छ। साथै, यो पूर्ण रूपमा एआईको प्रयोग गरेर मुद्दा लड्ने विश्वकाे पहिलो संस्था पनि हो। यस संस्थाले इङ्गल्याण्ड र वेल्सको ‘स्मोल क्लेम्स कोर्ट’ मार्फत १० हजार पाउण्डसम्मका साना ऋण दाबीहरू असुल गर्न कम्पनी तथा व्यक्तिहरूलाई सहयोग गर्ने गर्दछ।
बेलायती पत्रिका द गार्जियनका अनुसार बेलायतको कानुनी पेशामा एआईको प्रयोगमा उल्लेखनीय वृद्धि भएको रिपोर्ट गरेको छ। कृत्रिम बुद्धिमत्ता प्रयोग गरेर कानुनी सेवा प्रदान गर्ने धेरै फर्महरू देखा परेका छन् यद्यपि तिनीहरूको एआई प्रणालीहरूले बारम्बार अदालतहरूलाई भ्रमित भने गरिरहेकाे जनाइएकाे छ, जसले गर्दा यी फर्महरूबाट जवाफदेहिताको माग भइरहेकाे पनि छ ।

गत महिना मात्र अन्तर्राष्ट्रिय कानून फर्म पिन्सेन्ट मेसन्सले आन्तरिक खोजहरूबाट प्राप्त जानकारी प्रस्तुत गरेको आरोप लागे पछि सोलिसिटर नियमन प्राधिकरण समक्ष उपस्थित हुनुपरेको थियो, जसले अदालतलाई भ्रमित पारेको थियो। तर, जे हाेस पहिलो पटक यस प्रणालीको सहयोगमा अदालतमा सही तर्क र कागजातहरू प्रस्तुत गरिएको कारणले गर्दा जेराल्डका एआई वकिल हेडलाइन बने।




