
लमजुङ । आजदेखि रात्रिकालीन समयमा बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक लगाइएको छ ।
जिल्ला सुरक्षा समिति लमजुङले मनसुजन्य विपद्बाट हुनसक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न असार मसान्तसम्म अत्यावश्यक बाहेकका अन्य सवारीसाधन सञ्चालनमा रोक लगाएको लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमले जानकारी दिएका हुन् ।

असार मसान्तसम्म डुम्रे-वेसीशहर-चामे सडकको वेसीशहरदेखि मनाङ जिल्लाको सीमानासम्मको खण्डमा प्रत्येक दिन साँझ ६:०० बजेदेखि विहान ६:०० बजेसम्म तथा पुष्पलाल मध्यपहाडी लोकमार्गको सुन्दरबजार – भोर्लेटार सडक खण्डको बिमिरे भञ्ज्याङ क्षेत्रमा प्रत्येक दिन साँझ ७:०० बजेदेखि विहान ५:०० बजेसम्म अत्यावश्यक बाहेकका अन्य सवारी साधनलाई सञ्चालन तथा आवतजावत गर्न रोक लगाईएको छ ।






