
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ८७ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा काठमाडौँमा २ जना र मधेश प्रदेशमा एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा ८७ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३५ जना घाइते भएका छन् भने काठमाडौँमा २ जना घाइते भएका छन् । त्यस्तै कोशीमा १६ जना घाइते भएका छन् । त्यस्तै लुम्बिनीमा ११ जना घाइते भएका छन् भने बागमतीमा २ जना, कर्णाली प्रदेशमा ६ जना, सुदूरपश्चिममा ५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।




