
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम महाधिवेसनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रम बुधबार हुने भएको छ ।
बुधबार बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय बनस्थलीमा शपथ कार्यक्रम हुने भएको हो ।

चितवनमा सम्पन्न महाधिवेशनले सभापति, दुई उपसभापति, एक महामन्त्री, तीन सहमहामन्त्रीसहित ९९ केन्द्रीय सदस्य निर्वाचित गरेको थियो । १५८ सदस्यीय रास्वपाको केन्द्रीय समितिमा अब सभापति रवि लामिछानेले ५१ सदस्य मनोनित गर्ने छन् भने सात प्रदेशका सभापति केन्द्रीय सदस्य हुने व्यवस्था रहेको छ ।


त्यस्तै सभापति लामिछानेले विधान अनुसार पदाधिकारीमा एक उपसभापति, एक महामन्त्री, २ सहमहामन्त्री, कोषाध्यक्ष, २ सहकोषाध्यक्ष, प्रवक्ता र ३ सहप्रवक्ता मनोनित गर्ने छन् ।





