
काठमाडौं, १७ असार । सन्यासबाट फर्किएकी सेरेना विलियम्स विम्बल्डनको पहिलो चरणमा पराजित भएकी छिन्।
४४ वर्षीया सेरेना अस्ट्रेलियाकी माया जोइन्टसँग ६-३, ६-७, ६-३ ले पराजित भइन्, जो उनीभन्दा २४ वर्ष जुनियर हुन्।

सेरेना लगभग चार वर्ष (१,४६२ दिन) पछि यस च्याम्पियनशिपमा पुनरागमन गरेकी थिइन् । उनले २०२२ मा आमा बनेपछि आफ्नो अन्तर्राष्ट्रिय करियरबाट सन्यास लिएकी थिइन्।


२३ पटककी ग्रान्ड स्लाम च्याम्पियनले अब आफ्नी जेठी बहिनी भेनस विलियम्ससँगै महिला डबल्स वर्गमा प्रतिस्पर्धा गर्नेछिन्। उनलाई महिला एकल र युगल दुवै वर्गमा वाइल्ड कार्डहरू दिइएको थियो।
सेरेना विलियम्स केही थकित र लय बाहिर देखिइन्। पहिलो सेटमा अष्ट्रेलियाकी माया जोइन्टले आफ्नो कमजोरीलाई फाइदा उठाउँदै सेट ६-३ ले सजिलै जितिन्। दोस्रो सेटमा सेरेनाले शानदार पुनरागमन गरिन्।

दुई पटक ब्रेक पोइन्टमा पछि परे पछि उनले खेललाई टाइब्रेकरमा धकेलिन् र दोस्रो सेट ७-६ ले जितिन्। यद्यपि, तेस्रो सेटमा शारीरिक थकानले असर परेकाे देखिएकाे थियाे, मायाले अन्तिम सेट ६-३ ले जितेर खेल आफ्नो पक्षमा पारिन्।
सेरेनाले एक विज्ञप्तिमा भनिन्, ‘विम्बल्डनमा फर्कन पाउनु साँच्चै निकै राम्रो अनुभव रह्यो। म यहाँ आउने अपेक्षा गरेकी थिइनँ। त्यहाँको माहोल उत्कृष्ट थियो र मैले त्यो क्षणको भरपूर आनन्द लिएँ ।’





