
म्याग्दी । म्याग्दीमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
म्याग्दीको धौलागिरी गाउँपालिका ७ धारापानी बस्ने ६८ वर्षीय ईन्द्रबहादुर परियारले सोही जिल्लाकी १३ वर्षीया बालिकालाई आफ्नै घरको कोठामा लगी मोबाइल दिई ललाई-फकाई गरी जबर्जस्ती करणी गरेको भन्दै जाहेरी परेपछि निजलाई नियन्त्रणमा लिइएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





