
डोल्पा । डोल्पाबाट जुम्लातर्फ जाँदै गरेको एक जिप दुर्घटनामा परेको छ। जगदुल्ला गाउँपालिका र जुम्लाको सिमाना नजिक पर्ने ‘मौरे’ भन्ने स्थानमा उक्त जिप दुर्घटनाग्रस्त भएको हो।
घटनाको जानकारी प्राप्त हुनासाथ उद्धारका लागि प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ।

ट्राफिक प्रहरी कार्यालय कर्णाली प्रदेशका प्रमुख, प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालका अनुसार प्रहरी टोली घटनास्थलमा पुगेपछि मात्रै मानवीय क्षति र दुर्घटनाको विस्तृत विवरण प्राप्त हुनेछ।




