
सर्लाही, २१ असार । लागु औषध कारोबार गरेको आरोपमा सर्लाहीमा एकजना पक्राउ परेका छन ।
गत जेठ ३१ गते चन्द्रपुर नगरपालिका–१ मंगलपुरबाट शंकास्पद अवस्थामा पक्राउ परेका दुई व्यक्तिमध्ये एक जनाको बयानका आधारमा सर्लाहीको बागमती नगरपालिका–११ पुतलीचोकस्थित सभ्यता हेल्थकेयर प्रालिमा प्रहरीले छापा मारेको छ।


तलासीका क्रममा नेपालमा प्रतिबन्धित ट्रामाडोल, टेन्टाडोल र स्पाज्मो लगायतका लागुऔषध ट्याब्लेट तथा खाली प्याकेट बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा हेल्थकेयर सञ्चालक सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ निवासी ३० वर्षीय प्रज्वल आलेलाई नियन्त्रणमा लिई आवश्यक सोधपुछपछि थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय हरिवन, सर्लाही पठाइएको छ।




