
काठमाडौँ । बलिवुड अभिनेत्री आलिया भट्टको प्रमुख भूमिका रहेको फिल्म ‘अल्फा’ ले बक्स अफिसमा निराश बनाएको छ ।
यशराज फिल्म्सको स्पाई युनिभर्स फिल्म अल्फाले बक्स अफिसमा कमजोर प्रदर्शन गरेको हो ।


रिलिज भएको दिन शुक्रबार भारतीय बक्स अफ्रिसमा ९.२५ करोड कमाएको अल्फाले दोस्रो दिन ११.५ करोड र आइतबार तेस्रो दिन १३.२५ करोड गरि तीन दिनमा केवल ३४ करोड कमाई गरेको छ ।

भारतका चर्चित समीक्षक तरण आदर्शले फिल्म कमजोर भएको समिक्षा गरेका छन् । उनले एक्सन दृश्यहरू आकर्षक भए पनि कमजोर कथाका कारण फिल्मले दर्शकसँग जोडिन नसक्ने टिप्पणी गरेका थिए ।
१२५ करोडको लगानीमा बनेको यस फिल्ममा आलियासहित अनिल कपूर, बबी देओल, शर्वरी वाघलगायतको अभिनय रहेको छ ।





