संसदीय समितिमा परराष्ट्र मन्त्रीले भारत र चीन भ्रमणवारे जानकारी दिने

काठमाडौं, २३ असार । संघीय संसद अन्तर्गतका ३ समितिको बैठक बस्दैँछ । संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछन् ।

जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ९ः३० बजे देखी सुरू हुनेछ । जुन बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालको भारत र चीन भ्रमणका साथै अन्य समसामयिक विषयहरूमा समितिलाई जानकारी गराउने कार्यसुचीमा उल्लेख छ ।

सार्वजनिक लेखा समितिको बैठक भने बिहान ९ः०० बजे बोलाइएको छ। जुन बैठकमा समितिको आन्तरिक कार्यविधि पारित गर्ने देखी बेरुजु छलफल उपसमिति गठन सम्बन्धमा छलफल हुनेछ ।

साथै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा पुरानै अजेन्डा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल हुनेछ । जुन बैठक बिहान ९ः०० बजेबाट सुरु हुनेछ ।