
चीनको उत्तर–पश्चिमी प्रान्त गान्सुमा मंगलवार गएको पहिरोमा परी केही व्यक्ति बेपत्ता भएका छन् । लोङ्नान सहरको तानछाङ काउन्टीस्थित नान्हे टाउनशिपमा भीषण पहिरो जाँदा ठूलो संख्यामा मानिसहरू पुरिएको आशंका गरिएको छ । स्थानीय अधिकारीहरूका अनुसार पहिरो बिहान करिव ६ः५६ बजे खसेको थियो ।
पहिरोमा परी कुल ३३ जना पुरिएको प्रारम्भिक अनुमान गरिएको छ, जसमध्ये हालसम्म १७ जनालाई जीवितै उद्धार गरिएको छ ।


बाँकी रहेका बेपत्ता व्यक्तिहरूको खोजीका लागि स्थानीय प्रशासनले व्यापक रूपमा उद्धार कार्य परिचालन गरेको छ । घटनास्थलमा उद्धार टोलीहरू सक्रियताका साथ खटिएका छन् । थप विवरण आउन बाँकी छ ।





