
म्यानमारले चालु आर्थिक वर्ष २०२६–२७ को पहिलो तीन महिनामा ६२ हजार टनभन्दा बढी मत्स्य उत्पादन निर्यात गरेको छ । मत्स्य विभागले मंगलवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत अप्रिल महिनादेखि शुरु भएको नयाँ आर्थिक वर्षको पहिलो त्रैमासमा उक्त परिमाणको निर्यातबाट म्यानमारले ११ करोड २० लाख अमेरिकी डलरभन्दा बढी वैदेशिक मुद्रा आर्जन गरेको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष निर्यातको परिमाणमा भने केही गिरावट आएको छ ।


विभागका एक अधिकारीले दिएको जानकारीअनुसार गत वर्षको सोही अवधिमा ८२ हजार टनभन्दा बढी मत्स्य उत्पादन निर्यात गरी ११ करोड ९० लाख डलरभन्दा बढी आम्दानी भएको थियो । म्यानमारले हाल चीन, थाइल्याण्ड, मध्यपूर्वी मुलुकहरू र युरोपसहित विश्वका करिव ४० देशमा आफ्ना मत्स्य उत्पादनहरू निर्यात गर्दै आएको छ ।

तथ्याङ्कअनुसार गत पूर्ण आर्थिक वर्षमा म्यानमारले कुल ४ लाख ६३ हजार टनभन्दा बढी मत्स्य उत्पादन निर्यात गरेको थियो ।




