बासना थापाले भनिन, ‘प्रधानमन्त्रीज्यू, अब त कालो चश्मा खोल्नुहोस्’

काठमाडौं, २६ असार । आफ्नो शरीरमा आगो लगाएर आत्मदाह गरेका गणेश नेपालीको विषय प्रतिनिधि सभा बैठकमा उठेको छ ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सुरुमै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले समय माग गरेर सो विषय उठाएकी हुन्।

‘राज्य आतंकका कारण आफ्नै शरिरमा आगो लगाउन बिवश युवाको के अपराध थियो, हिजो संसद भवन अगाडी प्रेम आचार्यले आत्मदाहा गर्दा बोल्ने प्रधानमन्त्री आज किन मौन हो ? आफ्नै पीडा सुनाउन नागरिकले आफ्नै शरिरमा आगो लगाउनु पर्ने हो,’ थापाले भने, ‘अब कालो चश्मा खोल्ने बेला भयो प्रधानमन्त्रीज्यू’

उनले सरकारले यस बिषयमा जवाफ दिनु पर्ने कुरा उठाएकी छिन ।

यस्तै भुमिका लिम्बुले पनि सो बिषयमा प्रश्न राखेका छन । उनकाे परिवारलाइ क्षतिपुर्ति दिन पनि उनले माग गरेकी छिन् ।