विपक्ष दलका सांसदहरुलाई गृहमन्त्रीले भनेः आफू जनताको सेवा नगर्ने अनि मलाई स्टन्टबाज भन्ने ?

गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजी गर्न सरकारमा नआएको बताउनुभएको छ ।
गणेश नेपाली मृत्य प्रकरणबारे जानकारी दिन शुक्रवार संसदमा रोष्टममा समय लिएर पुग्नुभएका उहाँले उक्त घटनामा कति जना अस्पताल पुग्नुभयो ? भनि विपक्ष दलका सांसदहरुलाई प्रश्न पनि गर्नुभयो ।

ठाउँमा पुगेर जनताको सेवा गर्न नसक्ने तर सदन जनताको सेवा गर्छु भनेर चिच्याएर मात्रै नहुने गृहमन्त्री गुरुङको भनाई थियो । उहाँले आफूहरुले ठाउँमा गएर जनताको सेवा गर्दा त्यसलाई विपक्ष दलका सांसदहरुले स्टन्टबाजी भनेकोमा आपत्ति जनाउँदै आफूलाई कुनैपनि कुरामा स्टन्टबाजी गर्ने इच्छा नभएको बताउनु भयो ।

आफूहरु देशको सेवा गर्न आएको र देशलाई दुर्घटनामा जान नदिन सावधानीपूर्वक काम गरिरहेको गहृमन्त्री गुरुङको दाबी थियो ।

हाँले भन्नुभयो,‘मैले धेरै माननीयज्यूहरु देखेँ–उठेर सदनमा घाँटी सुक्नेगरी चिच्याईरहनुभएको थियो । यो देखेँ मैले । यो भन्दैगर्दा हामी गृह मन्त्रालयका बसेर के गर्ने होला, कसो गर्ने होला, कसरी उहाँहरुलाई सान्त्वना दिने होला ? के के गर्ने, कसरी मिलाउने होला ? भनेर एउटा टीम बनाएर छलफल गरिरहेका थियौ ।

म यो सम्मानित सदनलाई सोध्न चाहन्छु–कति जना हुनुहुन्थ्यो ? हिजो त्यो हस्पिटलमा । जति जनताले घाँटी चिच्याएर कराउनुभएको छ आज । घाँटी चिच्याएर कराएर मात्रै हुँदैन यहाँ सदनमा मात्रै । जनताको सेवा गर्छु भनेर मुखले बोलेर हुँदैन ।

त्यो मुखले बोलेको पसाचौ वर्ष भईसक्यो । हामीले हातले गर्नु पर्दछ । ठाउँमा गएर गर्नुपर्दछ । आफनो जनताको सेवा ठाउँमा गएर गर्न सक्नु पर्दछ । उहाँहरुको पीडा बुझेर गर्नुपर्दछ । त्यसलाई तपाईहरु स्टन्टबाजी भन्नु हुन्छ । मलाई यहाँ इच्छा छैन कसैका लागि स्टन्टबाजी गर्नलाई । आफनो देशको सेवा गर्न आएको हो । जानीनजानी अन्जानमा होस आफूले सक्ने, नसक्ने हामीले गरेर हातमा पानी राखेर विस्तारी हिँडद्ै हिँड्दै हामी यहाँसम्म आएको हो । पोख्लाकी, पोख्लाकी, देश दुर्घटनामा जालाकि भनेर । त्यसलाई तपाईले स्टन्टबाजी भन्नुहुन्छ ।’

गृहमन्त्री गुरुङले जनताको सेवा गर्छु भनेर मुखले भनेको पचासौ वर्ष बितिसक्दा पनि केही नभएर भन्दै विपक्ष दलका सांसदहरुप्रति कटाक्ष पनि गर्नुभयो ।

अन्य समाचारहरु