आफ्नो हत्या गरे इरान ध्वस्त पार्ने ट्रम्पको चेतावनी

काठमाडौं, २७ असार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फूलाई मार्ने प्रयास गरेमा इरानलाई ‘तहसनहस’ पार्ने चेतावनी दिएका छन ।

अमेरिकी राष्ट्रपतिले भनेका छन् कि यदि इरानले उनलाई मार्ने प्रयास गरेमा ‘इस्लामिक गणतन्त्र इरानलाई लक्षित गरी १ हजार क्षेप्यास्त्रहरू प्रहारका लागि तयार अवस्थामा राखिएका छन् र त्यसपछि थप हजारौं क्षेप्यास्त्रहरू प्रहार गरिने छन्।

आफ्नो हत्याको प्रयास भएमा इरानलाई ‘पूर्ण रूपमा ध्वस्त र नष्ट’ ​​गर्न अमेरिका तयार रहेको उनको याे पहिलाे पटक अग्रिम चेतावनी पनि हाे ।

खासमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसल मिडियामार्फत एक पोस्ट गर्दै यदि इरानले आफ्नो हत्या गर्ने प्रयास गरेमा त्यसमाथि हजारौं क्षेप्यास्त्र प्रहार गर्ने धम्की दिएका हुन्।

उनले भने, ‘इस्लामिक गणतन्त्र इरानमाथि १,००० क्षेप्यास्त्रहरू प्रहार गर्न तयार अवस्थामा राखिएका छन् र तिनको निसाना इरानतर्फ नै सोझिएको छ। यदि इरानी सरकारले विश्वका विभिन्न ठाउँमा व्यक्त गरेको, संयुक्त राज्य अमेरिकाका बहालवाला राष्ट्रपति अर्थात् मेरो हत्या गर्ने वा हत्याको प्रयास गर्ने, धम्कीलाई कार्यान्वयन गर्ने कदम चाल्यो भने ती क्षेप्यास्त्रहरू पछि तुरुन्तै अन्य हजारौं क्षेप्यास्त्रहरू पनि प्रहार गरिने छन्।’

‘यस सम्बन्धी आदेशहरू दिइ सकिएका छन् र अमेरिकी सेना इरानका सबै क्षेत्रहरूलाई पूर्ण रूपमा ध्वस्त र नष्ट गर्नका लागि तयार तथा सक्षम छ, यो तयारी एक वर्षको अवधिका लागि हुनेछ र यसलाई पछि थप गर्न पनि सकिनेछ।’

केही दिन अघि इजरायली जासुसी संस्था मोसादले इरानले ट्रम्पको हत्या गर्ने दावी गरेको केही दिन पछि नै ट्रम्पले सामाजिक सञ्जालमार्फत यो धम्की दिएका हुन् ।
उता, वासिङ्टनले इरानले होर्मुज जलसन्धि भएर आवतजावत गर्ने व्यावसायिक जहाजहरू माथि आक्रमण नगर्ने प्रतिबद्धतासहितको सार्वजनिक वक्तव्य जारी गराउन पहल गरिरहेको छ।