विश्वकपमा टिम पराजय गराएको भन्दै कोलम्बियाली खेलाडीलाई ज्यान मार्ने धम्की

काठमाडौं, २७ असार । विश्वकपबाट आफ्नो टोली बाहिरिए पछि कोलम्बियाका खेलाडी जामिन्टन क्याम्पाजलाई ज्यान मार्ने धम्की आएको छ ।

कोलम्बियाली फुटबल संघले यस्तो धम्कीको निन्दा गर्दै सो जानकारी दिएको हो।

‘खेलको मैदानमा आफ्नो देशको प्रतिनिधित्व गरे बापत कुनै पनि खेलाडी वा उनीहरूका निकटतम व्यक्तिहरूले धम्की वा डर त्रासको सामना गर्नु नपरोस्’ कोलम्बियाली फुटबल संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कोलम्बियाको प्रतियोगिता मंगलबार ‘राउन्ड अफ १६’ मा स्विट्जरल्याण्डसँग पेनाल्टी सुट आउटमा पराजित भएको थियो। अतिरिक्त समयमा अर्जेन्टिना क्लब रोसारियो सेन्ट्रलका लागि खेल्ने क्याम्पाजले आफ्नो प्रहार बाहिर गए पछि महत्वपूर्ण गोल गर्ने अवसर गुमाएका थिए ।

इन्स्टाग्राममा क्याम्पाजले निराशामा आफ्नो अनुहार छोपेको फोटो साझा गरेका छन् र उनले सम्मानको लागि बिन्ती गर्दै यस्तो तस्विर हालेका हुन् ।

‘फुटबल पनि कठिन क्षणहरू मिलेर बनेको हुन्छ,’ उनले लेखेका छन्, ‘मेरो कोलम्बिया, कृपया हामीलाई कहिल्यै सम्मानको नजरबाट टाढा नराख्नु होस्। हामी फरक तरिकाले सोच्न सक्छौं वा निराशा र उदासी महसुस गर्न सक्छौं तर कुनै पनि जोशले घृणा वा डरमा बाँच्नलाई जायज ठहराउँदैन।’

उत्पीडनको प्रतिक्रियामा कोलम्बियाली महासंघले देशको महान्यायाधिवक्ताको कार्यालयलाई धम्कीको पछाडि रहेका व्यक्तिहरू पहिचान गर्न अनुसन्धान छिटो गर्न आग्रह गरेका छन।

‘फुटबल एकता, सम्मान र आशाको लागि ठाउँ हुनुपर्छ, न कि कहिल्यै घृणा, धम्की वा हिंसाको लागि,’ महासंघले भन्यो ।

धम्कीहरूले कोलम्बियाली फुटबल इतिहासमा कालो अध्यायलाई उजागर गर्दछ। संयुक्त राज्य अमेरिकामा १९९४ को विश्वकपको समयमा आयोजक राष्ट्रसँग २–१ को हारमा डिफेन्डर एन्ड्रेस एस्कोबारले आत्मघाती गोल गरेका थिए। टोली बाहिरिएर घर फर्केको केही दिन पछि मेडेलिनमा एस्कोबारको हत्या गरिएको नमिठो पल कोलम्बियाँसँग रहेको छ।

images