
काठमाडौँ । त्रिपुरेश्वरमा पेट्रोल खन्याएर आत्मदाह गरेका गणेश नेपालीकी श्रीमती एकमाया नेपालीले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा गृहमन्त्री सुधन गुरूङले नेपालीलाई नागरिकताको प्रमाणपत्र दिएका हुन् ।

उनीहरूको चार वर्षअघि विवाह भए पनि अहिलेसम्म नागरिकता नबनेको र विवाह दर्ता पनि नभएको पाइएपछि विशेष अवस्था भएको भन्दै काठमाडौँबाट एकमायालाई नागरिकता दिइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिएका छन् । साथै उनको विवाह दर्ता पनि गरिएको पौडेलले बताएका छन् । अब उनको राष्ट्रिय परिचय पत्र पनि बनाइदिने उनले बताए ।


राहदानी विभाग अगाडि आफैमाथि पेट्रोल खन्याएर आगो लगाएका गणेशको शुक्रबार उपचार क्रममा मृत्यु भएको थियो । उनको मृत्युपछि आइतबार सरकार पक्ष र परिवारबीच ९ बुँदे सहमति भएको छ।
परिवार र सरकारबीच सहमति भएसँगै अब परिवारले शव बुझ्न सहमत भएको छ ।





