सेन्ट पिटर्सवर्गमा १५ औँ अन्तर्राष्ट्रिय ओपेरा फर अल महोत्सव शुरु

रूसको सेन्ट पिटर्सवर्गस्थित ऐतिहासिक पिटर एन्ड पल फोट्र्रेमा आईतवार १५ औँ ओपेरा फर अल’ अन्तर्राष्ट्रिय महोत्सवको विधिवत् शुभारम्भ भएको छ । यस वर्षको महोत्सवमा चारवटा शास्त्रीय ओपेरा प्रदर्शनीहरू समावेश गरिएका छन् । खुला आकाशमुनि आयोजना हुने यी सबै कार्यक्रमहरूमा सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

रूसी ओपेरा द मेड अफ प्सकोभबाट शुरु भएको यस महोत्सवको उद्घाटन सत्रमा दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

महोत्सवका थप कार्यक्रमहरू येलागिन टापु, गात्चिना प्यालेस र क्याथरिन प्यालेस जस्ता ऐतिहासिक स्थलहरूमा आयोजना हुनेछन् । ऐतिहासिक वास्तुकलाको पृष्ठभूमिमा हुने यी प्रश्तुतिहरूले ओपेरा कलालाई आम नागरिकको नजिक पु¥याउने लक्ष्य राखेका छन् ।