इरानका सैन्य लक्षित क्षेत्रहरूमा अमेरिकाद्वारा पुनः हवाई आक्रमण

अमेरिकाले सोमवार इरानका विभिन्न सैन्य ठेगानाहरूलाई लक्षित गर्दै अर्को चरणको हवाई आक्रमण शुरु गरेको छ । अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्ट्रम) ले एक विज्ञप्ति जारी गर्दै लगातार तेस्रो रात आक्रमण गरिएको पुष्टि गरेको हो । सेन्ट्रमकाअनुसार स्थानीय समयअनुसार सोमबार अपराह्न ४ः४५ बजे ‘कमाण्डर इन चिफ’ (राष्ट्रपति) को निर्देशनमा यी आक्रमणहरू शुरु गरिएका हुन् ।

यस पटकको सैन्य कारबाहीमा विशेषगरी इरानको तटीय निगरानी प्रणाली, ड्रोन तथा क्षेप्यास्त्र क्षमता भएका सैन्य संरचनाहरूलाई लक्षित गरिएको अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।

यसअघि ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि कडा प्रहार गरिने चेतावनी दिएका थिए

उनले मंगलवार थप शक्तिशाली आक्रमणहरू जारी रहने उल्लेख गरेका थिए ।