
काठमाडौं, ३० असार । प्रतिनिधि सभा बैठकमा प्रतिपक्ष दलले आज पनि बिरोध जनाएका छन् ।
प्रतिनिधिसभाको बैठक सुरू हुना साथ उठेर उनीहरूले बिरोध जनाएका हुन।


प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाले निरन्तर बिरोध जनाउने क्रममा आज पनि उठेर बिरोध दिएका हुन् ।

गत जेठ १७ गते प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले ‘नेपालले पनि भारतीय सिमा मिचेको छ’ भन्ने बिबादस्पद अभिब्यक्तिको जवाफ नदिएको भन्दै उनीहरूले निरन्तर बिरोध जनाउँदै आएका छन ।
सोही क्रममा एमाले सांसद गणेश ठगुन्नाले सो को जवाफ प्रतिपक्ष दलले खोजिरहेको बताएका हुन । उनीहरूले प्रधानमन्त्री शाहले माफी माग्नु पर्ने र संसदको रेकर्डवाट हटाउनु पर्ने प्रतिपक्षको माग यथावत रहेको जनाएका छन् ।





