मिडिया हाउस अगाडी गाडी राखेकोमा एमाले र नेकपाको संसदमा बिरोध

काठमाडौं, ३० असार। मिडिया हाउस र प्रतिपक्ष दलका नेताहरूको निवास अगाडी शंकास्पद रूपमा राखिएको गाडीको बिषयमा आज संसदमा कुरा उठेको छ ।

कान्तिपुर, अनलाइन खबर र हिमालय टेलिभजन तथा नेपाली कांग्रेसका सभापति गगन थापाको निवास अगाडी अनधिकृत गाडी पार्किङ गरिएको बिषयमा संसदमा प्रश्न उठेको हो ।

आज संसदमा बैठकमा बोल्दै नेकपा एमालेका सांसद गणेश ठगुन्ना र नेकपाका सांसद रमेश मल्लले सो बिषयमा प्रश्न उठाइयो ।

एमाले सांसद गणेश सिंह ठगुन्नाले मिडिया क्षेत्र र राजनीतिक नेतृत्वको निवास तथा कार्यालय अगाडि मानसिक त्रास फैलाउने कार्य भएको भन्दै विरोध गरेका छन । ‘पञ्चायती शैलीमा जसरी बिरोधी सिध्याउनका लागि काम गर्दथ्यो, सोही शैलीमा गाडी राखेर मानसिक त्रास दिलाउनु काम निन्दनिय रहेको छ’ उनले भने ।

उता, नेकपाका सांसद मल्लले राज्य संरक्षित रूपमा न्युरोडमा जाम गराउने र मिडिया हाउसको मुलढोकामा जबर्जस्ती सवारी साधान गराउने काम भइरहेको आरोप लगाइएको छ । ‘राज्य संरक्षित ब्यक्तिहरू नै सवारी साधान लगेर छाडेको देखियो, अहिले तीनीहरूलाई ५०० जरिवाना तिराएर छोडाउने कुरा भएको छ, यो गर्न पाइदैन्,’ उनले भने, ‘हजारौं जरिवाना तिराएर गाडी जफत गर्नु पर्छ र उनीहरूलाइ कारबाही गर्नुपर्छ । ’