जबरजस्ती करणी गरेको अभियोगमा कैलालीबाट पक्राउ

कैलाली । कैलालीमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बैतडी सिगास गाउँपालिका-१ बस्ने २० वर्षीय राजेश धामीलाई प्रहरीले पक्राउ गरेको छ ।

राजेशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।