
काठमाडौं, ३० असार । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाका मुख्य योजनाकार मानिएका केशवप्रसाद दुलाल र सानु भण्डारीलाई समान ४ वर्ष कैद र ४० हजार जरिबानाको सजाय तोकिएको छ ।
मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायधिस तेजबहादुर खडकाले सो प्रकरणमा दोषी ठहर्याइएका १६ जना मध्ये दुलाल र भण्डारीलाई ४ बर्ष समान कैद सजायँ तोकिदिएका हुन् ।


जसअनुसार सरकारी लिखत किर्ते कसुरमा २ वर्ष कैद र २० हजार, ठगीमा २ वर्ष कैद र २० हजार, संगठित अपराधमा ३ बर्ष कैद र ३० हजार, राज्यविरुद्धको कसुरमा १ वर्ष कैद र १५ हजार जरिबाना तिर्नु पर्ने भएको हो ।

जसअनुुसार सबै कसुरको एकीकृततर्फमा कुल ४ वर्ष ४० हजार कैद जिल्ला अदालत, काठमाडौंले जनाएको छ। दुवै जना पुर्पक्षका लागि हाल थुनामा रहेका छन् ।




