
काठमाडौं, २ न्यू जर्सी न्यूयोर्कमा हुने विश्वकपको फाइनल खेल अनिश्चितताको घेरामा परेको छ ।
क्यानडाबाट फैलिएको डढेलोको बाक्लो धुवाँका कारण संयुक्त राज्य अमेरिकाभरि नै अस्वस्थकर हावाको गुणस्तरसम्बन्धी चेतावनी जारी गरिएको छ।

दक्षिणतर्फ बगेको हावाका कारण शुक्रबार राजधानी वासिङ्टन डिसी पनि नराम्ररी प्रभावित भएको थियो। त्यहाँको हावाको गुणस्तर सूचकांक अत्यन्त अस्वस्थकर श्रेणीमा पुग्यो, न दोस्रो उच्च स्तर हो र यस्तो अवस्थामा अधिकारीहरूले मानिसहरूलाई घरबाहिर गरिने अनावश्यक गतिविधिहरूबाट टाढै रहन आग्रह गरिएको छ ।
आइतबार खुला रंगशालामा फाइनल खेल हुने न्युयोर्क र छिमेकी न्यु जर्सी क्षेत्रमा हावाको गुणस्तर संवेदनशील समूहका लागि अस्वस्थकर स्तरमा रहेको छ । यद्यपि, बिहीबारको तुवाँलोका कारण म्यानहटनको दृश्य मुस्किलले देखिने अवस्थाबाट भने यहाँ केही सुधार आएको छ


डेट्रोइट र सिकागोमा हावाको गुणस्तर सूचकांक ‘खतरनाक’ स्तरमा पुगेको छ र ‘आईक्यूएयर’ले यी सहरहरूलाई विश्वकै सबैभन्दा प्रदूषित सहरका रूपमा सूचीकृत गरेको छ।

नेशनल वेदर सर्भिस का मौसमविद्हरूले शनिबार बिहानसम्ममा धुवाँको घनत्व अझ बढ्न सक्ने चेतावनी दिएका छन्।
एनएफएलका टोलीहरू ‘न्युयोर्क जायन्ट्स’ र ‘जेट्स’ को घरेलु मैदानका रूपमा रहेको मेडोल्यान्ड्सस्थित विशाल खुला रंगशालामा हुने यस फाइनल खेलमा करिब ८० हजार दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको छ। तर, फिफाले शुक्रबार पुष्टि गर्यो कि डढेलोका कारण बिग्रिएको हावाको गुणस्तरले हाल विश्वकपको फाइनल खेलका लागि कुनै खतरा खडा गरेको छैन।

यसअघि सोही दिन, प्रतियोगिताका आयोजकहरूले आफूहरूले ‘स्थितिको नजिकबाट निगरानी गरिरहेको’ बताएका थिए।
ह्वाइट हाउसको विश्वकप कार्यदलका कार्यकारी निर्देशक एन्ड्र्यू जिलियानीले एक ब्रिफिङमा भने, ‘यस विषयमा छलफल भएको छ र फिफाको मुख्यालयमा ुराष्ट्रिय मौसम सेवाका प्रतिनिधि पनि उपस्थित हुनुहुन्छ, त्यसैले हामी स्थितिको नजिकबाट निगरानी गरिरहेका छौं।’

मौसमविद् पिटर मुलिनाक्सले बताए अनुसार ‘ग्रेट लेक्स’ क्षेत्रमा चल्ने हावाले अमेरिकाको उत्तर पूर्वी भागतिर थप धुवाँ धकेल्न सक्छ, जसका कारण आकाश धमिलो रहिरहन सक्छ। तर उनले उक्त क्षेत्रको मौसममा केही सुधार आउने अनुमान गरिएको बताए। ‘मलाई लाग्दैन कि यसले आज खेल खेल्ने अवस्थामा त्यति ठूलो असर पार्नेछ,’ मुलिनाक्सले भने।

मेरिल्यान्ड राज्यका वायु गुणस्तरसम्बन्धी पूर्वानुमानकर्ता जोएल ड्रीसेनका अनुसार फाइनल खेलका लागि मुख्य चासोको विषय भनेको सप्ताहान्तमा आएको आँधीपछि थप धुवाँ दक्षिणतिर सर्छ कि सर्दैन भन्ने हो। ‘केही मौसमी मोडेलहरूले अब केही धुवाँ तलतिर (हाम्रो क्षेत्रतिर) आउन थाल्ने संकेत गर्न थालेका छन्’ उनले भने।
हो, तर डढेलोको धुवाँका कारणले भने होइन।
प्रतिकूल मौसमका कारण इङ्गल्याण्डविरुद्धको मेक्सिकोको नकआउट खेलको समय परिवर्तन हुन सक्ने हल्ला चलेको थियो तर आयोजकहरूले त्यससम्बन्धी अन्योल चिर्दै खेल निर्धारित समयमै सुरु भएको थियो। त्यसअघि, इक्वेडरविरुद्धको ‘राउन्ड अफ ३२’ को खेल आँधीबेहरीसहितको खराब मौसमका कारण एक घण्टा ढिलो सुरु भएको थियो।
जुलाई महिनाको अत्यधिक गर्मीलाई लिएर चिन्ता व्यक्त गर्दै मौसमविद्हरूले विश्वकपका केही नकआउट खेलहरूमा गर्मीका कारण आइपर्न सक्ने स्वास्थ्य तथा सुरक्षा जोखिमबारे चेतावनी दिएका थिए। अमेरिका र क्यानडाका अधिकांश भू भागमा शक्तिशाली ‘हिट डोम’ अर्थात वायुमण्डलमा तातो हावाको घेराको प्रभाव देखिएको थियो, जसका कारण ती क्षेत्रमा भट्टीजस्तै अत्यधिक गर्मीको अवस्था सिर्जना भयो र आयोजक सहरहरूमध्ये कतिपयमा तापक्रम ४३ डिग्री सेल्सियस भन्दा माथि पुग्ने अनुमान गरिएको छ ।





