
काठमाडौं, ३ साउन । इंग्ल्यान्ड अन्ततः फिफा विश्वकप २०२६ मा तेस्रो स्थान हासिल गर्न सफल भएको छ।
भर्खरै सम्पन्न खेलमा फ्रान्सलाई ६–४ गोलले हराउँदै इंग्ल्यान्ड तेस्रो स्थान हासिल गर्न सफल भएको हो।

अचम्म लाग्दो तरिकाले गोलको भारी बर्षा भएको इंग्ल्यान्डले पहिलो हाफमा नै ४ गोलको अग्रता लिन सफल भएको थियो, जसको सुरूवात इंग्ल्यान्डका डेक्लान राइसले खेलको तेस्रो मिनेटवाट सुरूवात गरेका थिए ।


त्यसपछि पनि गोलको बर्षा रोकिएन अनि १८ औं मिनेटमा इंग्ल्यान्डका एज्री कोन्साले, त्यसपछि बुकायो साकाले ३७ औं र पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै ४–० को अपत्यारिलो अग्रता दिलाउन सफल भए । इंग्ल्यान्डको यस्तो अग्रता जुन यो विश्वकपमा कहिल्यै देखिएको थिएन ।
दोस्रो हाफमा पुगे पछि फ्रान्सका किलियन एम्बाप्पेले ४८ औं मिनेटमा गोल गरे पछि खेल अलिकति लयमा फर्कियो र सोही दोस्रो हाफको ५४ औं मिनेटमा ब्राड्ली बार्कोलाले गोल गरे पछि फ्रान्सले शान्तिको श्वास फेर्न सफल भयो भने ६६ औं मिनेटमा पुनः एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई ३–४ को स्थितीमा ल्याउन सफल देखिए ।


तर, ८७ औं मिनेटमा बुकायो साकाले पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पूरा गरेपछि इंग्ल्यान्ड पुनः ५–३ ले अघि बढेर अर्को जादु देखाउन सफल भयो। दुइ बिश्वबिजेता उपाधी जितेका टिममा अचानक गोलको बर्षा बर्सदा तेस्रो स्थानका लागि भएको यो भिडन्त हेर्न लायक बनेको थियो । त्यसमाथी, इन्जुरी समयमा ओस्मान डेम्बेलेले गोल गर्दै फ्रान्सलाई ४–५ को स्थितीमा ल्याएर खेल थप रोमाञ्चक बनाए ।

तर, गोलको बर्षा यसैमा सकिएन, अचम्म लाग्दो तरिकादृ खेल सकिएर अन्तिम सिटी बज्नै लाग्दा जुड बेलिङहमले गोल गर्दै इंग्ल्यान्डलाई ६–४ को जित दिलाउन सफल भए। फिफा विश्वकप २०२६ मा १० गोल भएको यो पहिलो र सम्भवतः अन्तिम खेल हो । यो खेलसँगै विश्वकप इतिहासकै तेस्रो स्थानका लागि भएको खेलमा सर्वाधिक गोल भएको कीर्तिमान बनेको छ ।
यस कीर्तिमानी खेलमा दुई गोल गरेका किलियन एम्बाप्पेले पनि अर्को कीर्तिमान पनि कायम गरे । उनी विश्वकप इतिहासमै सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन । उनले यो विश्वकपमा १० गोल र समग्र विश्वकपमा २२ गोल गर्दै अर्जेन्टिनाका लियोनल मेसीलाई पछि पारेर किर्तिमान कायम गरेका छन ।




