
काठमाडौं, ३ साउन । क्रिस्टोफर नोलनको बहुप्रतिक्षित हलिउड चलचित्र ‘द ओडिसी’लाई लिएर निकै चर्चा परिचर्चा भइरहेको छ । यो चलचित्र अहिले विश्वभरका सिनेमाघरहरूमा प्रदर्शन भइसकेको छ र यसले दर्शकहरूबाट उत्कृष्ट प्रतिक्रियाका साथै बक्स अफिसमा पनि दमदार प्रदर्शन गरिरहेको छ।
चलचित्रमा विभिन्न कलाकारहरूले प्रभावशाली अभिनय गरेका छन्। आउनुहोस्, म्याट डेमनदेखि टम हल्यान्डसम्मका मुख्य कलाकारहरूले यस चलचित्रका लागि लिएको पारिश्रमिकबारे जानकारी लिऔँ।

म्याट डेमनले ‘द ओडिसी’ चलचित्रमा इथाकाका राजा ओडिसियसको भूमिका निर्वाह गर्दैछन्। यस चलचित्रका लागि उनले अहिलेसम्मकै सर्वाधिक पारिश्रमिक प्राप्त गरेका छन् । विभिन्न रिपोर्टका अनुसार उनले १ करोड ५० लाख डलर पारिश्रमिक लिएका हुन्।


ओडिसियसका छोरा टेलिमाकसको भूमिका निर्वाह गरिरहेका टम हल्यान्डले यस चलचित्रका लागि करिब १ करोड डलर पारिश्रमिक प्राप्त गरेका छन्।
समाचार अनुसार यस चलचित्रमा ओडिसियसकी पत्नी पेनेलोपको भूमिका निर्वाह गरिरहेकी एनी ह्याथवेले ४ देखि ५ मिलियन डलर पारिश्रमिक प्राप्त गरेकी छिन्।

रिपोर्टहरूका अनुसार ‘द ओडिसी’ चलचित्रमा एथेनाको भूमिकाका लागि जेन्डायाले करिब ५ मिलियन डलर पारिश्रमिक प्राप्त गरिन्।
यसका साथै, चलचित्रमा क्यालिप्सोको भूमिका निभाएकी चार्लिज थेरोनले करिब ५ देखि ६ मिलियन डलर पारिश्रमिक लिइरहेको बताइएको छ भने लुपिता न्योङुओ र बेनी सफ्डीले यस चलचित्रका लागि क्रमशः १.५ मिलियन डलर र ३.५ मिलियन डलर पारिश्रमिक लिएका छन्।





