काठमाडौको चन्द्रागिरीबाट ठूलो परिमाणको लागूऔषधसहित २ जना नियन्त्रणमा

काठमाडौँ । काठमाडौ जिल्लाको चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गे अड्डाबाट साउन ३ गते सशस्त्र प्रहरी बलले ठूलो परिमाणको लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणम लिईएकाहरुमा काठमाडौको कीर्तिपुर नगरपालिका–९ पागादोबाटो बस्ने ३९ वर्षिय अनिल देउला र उदयपुर जिल्लाको गाईघाट घर भई हाल चन्द्रागिरी नगरपालिका–४ नैकाप बस्ने २४ वर्षिय सुमित्रा राई छन् ।

नियन्त्रणमा लिईएका अनिल देउलाले लागूऔषध कारोबार गरिरहेको भन्ने विशेष सूचना आधारमा सशस्त्र प्रहरी बल नेपालको ईन्टेलिजेन्स व्यूरोको टोलीले ५० वटा बक्समा रहेको १५ हजार क्याप्सुल ट्रामाडोलसहित नियन्त्रणमा हो । साथै उनले प्रयोग गरेको बा ७७ प ७८०० नम्बरको स्कुटर समेत नियन्त्रणमा लिएको छ ।

त्यस्तै निज देउला बस्ने कोठाबाट डाईजापम तथा फेरेनागन ट्याब्लेट १ हजार १ सय ८८ वटा, ट्रामाडोल ३ हजार ७ सय ७० वटा र पोलेन १ सय ५० वटासहित सुमित्रा राईलाई समेत नियन्त्रणमा लिईएको हो । त्यसैगरी उनको कोठाबाट १ लाख ३९ हजार १ सय ६५ रुपैयाँ तथा ३ थान मोवाईल सेट समेत नियन्त्रणमा लिईएको छ ।

नियन्त्रणमा लिईएका दुवै जनालाई बरामद लागूऔषध, नेपाली रुपैयाँ, स्कुटर र मोवाईल सेटसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्रले जनाएको छ ।