भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र निवेदन दर्ता गराउन सरकारको अन्तिम आह्वान

काठमाडौं । सरकारले ६६ वटा स्थानीय तहमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको बसोबास व्यवस्थापन प्रक्रिया अघि बढाउन अन्तिमपटक आवेदन आह्वान गरेको छ ।

भूमि समस्या समाधान समितिले जारी गरेको सूचनाअनुसार भूमिहीन दलित र भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि आवश्यक विवरण संकलन गर्न साउन ४ गतेदेखि ३५ दिनभित्र निवेदन दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ ।

समितिले निर्धारण गरेको ढाँचाअनुसार फाराम भरी सम्बन्धित स्थानीय तहमा आवेदन दिनुपर्नेछ । लाभग्राहीहरूले आफ्नो वडामा तोकिएका स्थानमा खटिएका लगत संकलकमार्फत पनि निवेदन बुझाउन सक्नेछन्। यससम्बन्धी विस्तृत सूचना सम्बन्धित स्थानीय तहहरूले सार्वजनिक गरिसकेका छन् ।

समितिले तोकिएको समयसीमाभित्र आवश्यक कागजातसहित निवेदन पेस गर्न सम्बन्धित सबै भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई आग्रह गरेको छ। समयमै आवेदन नदिएमा आगामी प्रक्रियामा समावेश हुन कठिन हुन सक्ने भएकाले अन्तिम अवसरको सदुपयोग गर्न समितिले अनुरोध गरेको छ ।

यस चरणमा आवेदन खुला गरिएका स्थानीय तहहरू यसप्रकार छन्–

कोशी प्रदेश

उदयपुर: ताप्ली गाउँपालिका, लिम्चुङबुङ गाउँपालिका

सुनसरी: गढी गाउँपालिका

खोटाङ: बराहपोखरी गाउँपालिका, जन्तेढुङ्गा गाउँपालिका

images

सिरहा: भगवानपुर गाउँपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका, सुखीपुर नगरपालिका, बरियारपट्टी गाउँपालिका, सखुवानान्कारकट्टी गाउँपालिका

मधेश प्रदेश

images

सर्लाही: रामनगर गाउँपालिका, हरिवन नगरपालिका, ईश्वरपुर नगरपालिका, बागमती नगरपालिका, विष्णु गाउँपालिका, गोडैटा नगरपालिका, धनकौल गाउँपालिका

बारा: सिम्रौनगढ नगरपालिका, पचरौता नगरपालिका, देवताल गाउँपालिका, विश्रामपुर गाउँपालिका, करैयामाई गाउँपालिका, कलैया उपमहानगरपालिका (प्रथम पटक)

images

बागमती प्रदेश

रसुवा: गोसाइँकुण्ड गाउँपालिका

सिन्धुपाल्चोक: पाँचपोखरी थाङपाल गाउँपालिका

चितवन: इच्छाकामना गाउँपालिका

Nepal life insurance

गण्डकी प्रदेश

गोरखा: बारपाक सुलिकोट गाउँपालिका, शहीद लखन नगरपालिका

पर्वत: पैयुँ गाउँपालिका, फलेवास नगरपालिका, बिहादी गाउँपालिका

मनाङ: नासोँ गाउँपालिका, नार्पा भूमि गाउँपालिका, चामे गाउँपालिका, मनाङ ङिस्याङ गाउँपालिका

बागलुङ: निसीखोला गाउँपालिका

म्याग्दी: मंगला गाउँपालिका, रघुगंगा गाउँपालिका, मालिका गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, धवलागिरि गाउँपालिका, बेनी नगरपालिका

मुस्ताङ: लो–घेकर दामोदरकुण्ड गाउँपालिका, लोमान्थाङ गाउँपालिका, थासाङ गाउँपालिका, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, घरपझोङ गाउँपालिका

स्याङ्जा: पुतलीबजार नगरपालिका, अर्जुनचौपारी गाउँपालिका, भीरकोट नगरपालिका, बिरुवा गाउँपालिका, वालिङ नगरपालिका, हरिनास गाउँपालिका, कालिगण्डकी गाउँपालिका, आँधीखोला गाउँपालिका

लुम्बिनी प्रदेश

बाँके: डुडुवा गाउँपालिका

कर्णाली प्रदेश

जाजरकोट: बारेकोट गाउँपालिका, शिवालय गाउँपालिका, जुनीचाँदे गाउँपालिका

डोल्पा: ठूलीभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका, शे–फोक्सुण्डो गाउँपालिका, डोल्पो बुद्ध गाउँपालिका, काइके गाउँपालिका, मुड्केचुला गाउँपालिका, जगदुल्ला गाउँपालिका