नेको इन्स्योरेन्सको १२ लाख संस्थापक शेयर बिक्रीमा

काठमाडौं, ०५ साउन । नेको इन्स्योरेन्स लिमिटेडले आफ्ना संस्थापक समूहअन्तर्गतका १२ लाख कित्ता शेयर बिक्री प्रक्रिया अघि बढाएको छ। कम्पनीले हाल पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिँदै शेयर खरिदका लागि आवेदन खुला गरेको हो।

कम्पनीका अनुसार बिक्रीमा राखिएको प्रत्येक कित्ता शेयरको मूल्य १०० रुपैयाँ निर्धारण गरिएको छ। इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित आवेदन पेश गर्नुपर्नेछ।

शेयर खरिदका लागि आवेदन काठमाडौंको ज्ञानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बुझाउन सकिने व्यवस्था गरिएको छ। तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट पर्याप्त आवेदन नपरेमा बाँकी शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्रीका लागि खुला गरिने कम्पनीले जनाएको छ।

कम्पनीले संस्थापक शेयरधनीलाई आफ्नो हक प्रयोग गर्न समयमै आवेदन दिन आग्रह गरेको छ। निर्धारित अवधिभित्र आवेदन नपरेमा प्रचलित कानुनी व्यवस्था अनुसार दोस्रो चरणमा सर्वसाधारण वा अन्य इच्छुक लगानीकर्ताका लागि शेयर बिक्री प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ।