
टर्कीको राजधानी अंकारामा बुधवार एक प्रशिक्षण हेलिकप्टर दुर्घटना हुँदा एक पाइलटको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । अंकारा गभर्नरको कार्यालयले दिएको जानकारीअनुसार ‘रोबिन्सन आर–४४’ मोडेलको उक्त हेलिकप्टर स्थानीय समयअनुसार बिहान १०ः०२ बजे सिन्कान जिल्लाको टेमेली क्षेत्रमा नियमित उडानका क्रममा दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनामा घाइते भएका प्रशिक्षक पाइलटको उपचारका क्रममा मृत्यु भएको न्यायमन्त्री अकिन गुर्लेकले पुष्टि गरेका छन् ।


अर्का घाइतेको उपचार भइरहेको बताइएको छ । हेलिकप्टर दुर्घटनाको कारणबारे यकिन हुन सकेको छैन । मन्त्री गुर्लेककाअनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन सुरु गरिएको छ ।





