‘दिल्ली विरोध प्रदर्शनमा सहभागी हुन कलाकारहरूलाई पैसा दिइँदैछः अभिनेत्री पुरी

मुम्बई, ९ साउन । बिग बोस ओटीटीबाट चर्चामा आएकी आकांक्षा पुरीले जारी विद्यार्थी आन्दोलनका बीच एक सनसनीपूर्ण खुलासा गरेकी छिन्।

‘विघ्नहर्ता गणेश’ मा देवी पार्वतीको भूमिका निभाएर ख्याति कमाएकी यी अभिनेत्रीले आन्दोलनमा सहभागी हुनका लागि मनोरञ्जन उद्योगका मानिसहरूलाई पैसाको प्रस्ताव गरिएको आरोप लगाएकी छिन्। उनको यस दाबीले हलचल मच्चाएको छ।

भारतीय मिडियाका अनुसार आकांक्षा पुरीले एउटा यस्तो आश्चर्यजनक खुलासा गरेकी हुन । उनले भनिन्, ‘म केवल यति चाहन्छु कि मानिसहरू सही उद्देश्यका लागि उभिउन । यसलाई बजारीकरणको माध्यम नबनाउनुहोस्। यसबाट पैसा नकमाउनुहोस् र आफ्नो स्वार्थ पूरा गर्न यसको प्रयोग नगर्नुहोस्। सही कुराको पक्षमा उभिनुहोस्, सही मानिसहरूको साथ दिनुहोस्। म अरू के भन्न सक्छु र ? मलाई विश्वास छ कि मसँग उभिएकाहरू चाहे ती कलाकार हुन् वा कन्टेन क्रियटरराम्ररी जानकार छन् कि धेरै व्यक्ति र समूहहरू हामीसँग सम्पर्क गरिरहेका छन्, उनीहरू यसलाई बजारीकरणको अवसरमा परिणत गरी चर्चा बटुल्न वा र्‍यालीहरूमा सहभागी हुन चाहन्छन्।’

आकांक्षाले अगाडि भनिन्, ‘म यो अस्तव्यस्तताको हिस्सा बन्न चाहन्नँ। म सही कुराको पक्षमा उभिन चाहन्छु र म त्यहाँ भौतिक रूपमा उपस्थित छु वा छैन भन्ने कुराले कुनै फरक पार्दैन। उनीहरूलाई खाँचो पर्दा म सधैं उनीहरूको साथमा उभिन्छु। मलाई निकै नराम्रो लाग्यो किनभने उनीहरू भारतको भविष्य हुन्। उनीहरू विद्यार्थी हुन् र उनीहरू माथि जे भयो, मैले देखेका दृश्यहरूले मलाई निकै विचलित बनाएको छ  त्यसैले म सबैलाई आग्रह गर्दछु– कृपया, उनीहरूले एउटा सामान्य कुरा उठाइरहेका छन्। उनीहरूका चासोहरू सुनिएका छन्। उनीहरू समर्थनका हकदार छन्।’

२१ दिने अनिश्चितकालीन अनशन पूरा गरेपछि जन्तर मन्तरमा जारी विरोध प्रदर्शनस्थलबाट दिल्ली प्रहरीले सोनम वाङचुकलाई बलपूर्वक हटाए पछि जुलाई १८ को बिहान विरोध प्रदर्शनले उग्र रूप लिएको थियो। स्वास्थ्य अवस्था बिग्रँदै गएको चिकित्सकको सल्लाह र दिल्ली उच्च अदालतको आदेशको पालना गर्दै अधिकारीहरूले उनलाई अस्पताल भर्ना गरेका थिए।

त्यसपछि क्रकोज जनता पार्टीको नेतृत्वमा विद्यार्थीहरूले संसद भवनतर्फ शान्तिपूर्ण जुलुस निकालेका थिए तर दिल्ली प्रहरीले लाठीचार्ज गरेपछि स्थिति तनावपूर्ण बन्यो। यस घटनापछि बलिउड र टेलिभिजन उद्योगका थुप्रै चर्चित व्यक्तिहरूले विद्यार्थीहरूको विरोध प्रदर्शनप्रति ऐक्यबद्धता जनाइरहेको बेला अभिनेत्री आकंक्षा पुराको यो अभिब्यक्ति आएको हो ।

हिजो वाङचुङले अनसन पनि तोडिसकेका छन् तर जन्तरमन्तरमा आन्दोलन जारी रहेको छ ।