अचानक दुई दिन अमेरिका र इरान बिच युद्दबिराम, के भइरहेको छ मिडल इस्टमा ?

काठमाडौं, ११ साउन । अमेरिका र इरानबीच चर्कँदै गएको द्वन्द्वमा दोस्रो दिन पनि एक अर्का बिरूद्द कुनै हानाहान र आक्रमण भएको छैन।

प्राप्त विवरणहरूका अनुसार अमेरिका वा इरान कसैले पनि लगातार दोस्रो दिन कुनै आक्रमण नगरेको अन्तराष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । अमेरिकाद्वारा इरानमाथि दुई सातासम्म हरेक रात गरिएका आक्रमण र त्यसको जवाफमा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सहयोगीहरू माथि गरेका आक्रमणपछि देखिएको यो अचानकको शान्तिपूर्ण अवस्था कूटनीतिक वार्ताको बाटोमा फर्किने आशाका बीच आएको जनाइएको छ ।

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले आइतबार फक्स न्युजसँग कुरा गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताको सम्भावनाका लागि केही ठाउँ दिइरहेको बताएका छन  ।

राष्ट्रपतिले अमेरिका पूर्ण तयारी अवस्थामा रहेको बताएको कुरा उल्लेख गरे पनि वाल्ट्जले वार्ताकारहरू विगत केही हप्ता देखि र विशेष गरी पछिल्ला केही पछिल्ला दिनहरूमा हरेक तहमा सक्रिय रहेको बताएका छन् ।

उता, अमेरिकी प्रसारण संस्था सीबीएसले दुई क्षेत्रीय स्रोतहरूलाई उद्धृत गर्दै जनाए अनुसार तेहरानमा ओमानको प्रतिनिधिमण्डलको आगमनका कारण अमेरिकाले बमबारी रोक्ने निर्णय गरेको दावी गरिएको छ।

यद्यपि, तेहरान र वासिङ्टन बीच शान्तिको सम्भावना अझै पनि कायम रहेको छ तैपनि दुवै पक्षका बिचमा अविश्वास भने गहिरो नै रहेको जानकारहरूले बताएका छन ।

गत फेब्रुअरीको अन्त्यतिर अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध सुरु गरे यता इरानी अधिकारीहरूले विगतमा वार्ता चलिरहेकै बेला आफूहरू माथि अमेरिका र इजरायलबाट आक्रमण भएको कुरा बारम्बार औंल्याउँदै आएका छन्।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले आइतबार अस्ट्रियाली प्रसारण संस्था ओआरएफलाई बताए अनुसार कतार र पाकिस्तानलगायतका मध्यस्थकर्ताहरूले इरान र अमेरिकाबीच सन्देश आदान प्रदान गरिरहेका छन्। तर, उनले इरानको कूटनीतिक प्रयासहरूलाई विगतमा धोका दिइएको उल्लेख गर्दै अमेरिकालाई बिश्वास गर्न नसकिने जनाएका छन।

images

न्युयोर्क टाइम्सले जनाएअनुसार, मध्यपूर्वमा पेन्टागनसँग रहेको क्षेप्यास्त्र रोक्ने प्रणाली ९mष्ककष्भि ष्लतभचअभउतयचक० र अन्य हवाई प्रतिरक्षा सामग्रीको घट्दो मौज्दात सकिने चिन्ताका कारण ट्रम्पले आक्रमण बढाउने योजनालाई स्थगित गरेका हुन्।