
काठमाडौं, ११ साउन । सेनेका नेसनको एलेगनी क्षेत्रमा अवस्थित न्युयोर्कको सालामान्का हाई स्कुलमा शिक्षकका रूपमा एउटा ह्युमनोइड रोबोट अर्थात मानव आकारको रोबोट शिक्षक भित्र्याइएको छ।
एक पाइलट कार्यक्रमअन्तर्गत, एआई शिक्षण सहायकका साथमा उक्त ह्युमनोइड रोबोटलाई परिचालन गरिए पछि यतिखेर बिबाद पनि बढदै गएको छ किनभने शिक्षकहरूले यस कार्यक्रमको आलोचना गरेका छन् । उनीहरूको तर्क छ कि सो कार्य अनुपयुक्त ठान्दै ‘ह्युमनोइड रोबोट’को प्रयोगले शिक्षण पेसाको मानवीय मर्मलाई कमजोर बनाउनेछ ।

साथै, केही स्थानीय मूल निवासी अमेरिकी बासिन्दाहरूले यस पाइलट कार्यक्रमलाई सांस्कृतिक रूपमा असंवेदनशील भन्दै आलोचना पनि गरेका छन्। जुन खालकाे राेबाेट शिक्षिका रहेकी छिन, उनी ‘सेक्स डल’ जस्तै भएकाे भन्दै तिब्र आलोचना पनि सुरू भएकाे छ । जसले बिधार्थीहरूले पढाइ भन्दा पनि याैनजन्य ब्यावहार सिक्ने अभिभावककाे चिन्ता पछि याे राेबाेट शिक्षिकाका बारेमा बहस सुरू भएकाे छ ।
यो अमेरिकाको पहिलो जिल्ला हो, जसले मान्छे जस्तै लाग्ने रोबोटलाई शिक्षकको रूपमा प्रस्तुत गरिएको छ । क्याटारागस काउन्टी स्कूल डिस्ट्रिक्टले ‘स्याली’ नामको सो रोबोट ५७ हजार ५९० डलरमा खरिद गरेको हो । कार्यक्रमबारे उपलब्ध जानकारी अनुसार ‘स्याली’ ले ‘क्लोज्ड लुप प्रणाली’ का रूपमा काम गर्नेछ । र, पहुँच भएका विद्यार्थीहरूका लागि यो चौबीसै घण्टा भर्चुअल रूपमा उपलब्ध हुनेछ र यसले व्यक्तिगत सिकाइका विकल्पहरू पनि प्रदान गर्ने दावी गरिएको छ ।


‘रियलबोटिक्स’ को एक विज्ञप्ति अनुसार यो जिल्ला अमेरिकामा ह्युमनोइड रोबोट र एआई शिक्षण सहायकहरूको प्रयोग गर्ने पहिलो जिल्ला बन्नेछ र सालामान्काको पाइलट परियोजनामाको सिरिजका ह्युमनोइड रोबोटहरूको प्रयोग पनि समावेश छ ।’ उसका अनुसार यो रोबोटले कुराकानी, अनुहारको हाउभाउ र वास्तविक समयको अन्तरक्रियामार्फत रोचक तथा व्यावहारिक सिकाइ अनुभव प्रदान गर्दछ। ।

गत अप्रिल २०२४ मा टोरन्टोस्थित कम्पनी ‘रियलबोटिक्स’ जुन पहिले ‘टोकन्स डट कम’का नामले चिनिन्थ्यो, लस भेगासस्थित कम्पनी ‘सिमुलाक्रा’लाई १ करोड ६७ लाख डलरमा खरिद गरेको थियो । ‘सिमुलाक्रा’ वास्तविक देखिने ‘सेक्स डल’ हरूको निर्माणका लागि परिचित छ। यस अधिग्रहणसँगै कम्पनीले आफ्नो ध्यान क्रिप्टो क्षेत्रबाट ‘ह्युमनोइड रोबोट’ अर्थात मानव आकारका रोबोटको क्षेत्रतर्फ केन्द्रित गर्यो।
तर, ‘रियलबोटिक्स’ ले ‘सेक्स डल’ उत्पादन गर्ने कम्पनीसँग कुनै पनि सम्बन्ध रहेको कुरा अस्वीकार गरेको छ। साथै, कम्पनीले उक्त पाइलट कार्यक्रम रियलबोटिक्सको सहायक कम्पनी एबुएस क्रियसनद्वारा उत्पादित डलहरूसँग जोडिएको भन्ने दाबीलाई पनि खण्डन गरेको छ।

रियलबोटिक्स का एक प्रवक्ताले इमेलमार्फत भने, ‘रियलबोटिक्स और सलामांका सिटी सेंट्रल स्कूल डिस्ट्रिक्ट’ ले सन् २०२६ को शरद ऋतुका लागि एक सीमित पाइलट कार्यक्रमको घोषणा गरेका थिए । यसमा एआईमा आधारित शैक्षिक सहायक ‘अपटियो’ र रियलबोटिक्सको नयाँ ‘एम सिरिज’ ह्युमनोइड युनिट समावेश हुनेछन्। यस कार्यक्रमको उद्देश्य शिक्षकहरूलाई विस्थापित गर्नु नभई उनीहरूलाई सहयोग गर्नु हो। यस पहल अन्तर्गत जिल्लाको विद्यमान विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितका पाठ्यक्रमको एक हिस्साका रूपमा विद्यार्थीहरूलाई निगरानीमा रही नयाँ एआई र रोबोटिक्स उपकरणहरू प्रयोग गर्ने अवसर प्रदान गरिन लागिएको हो ।
तर, सालामान्का शिक्षक संघकी अध्यक्ष तथा हाई स्कुल शिक्षिका लेसी पिहलाडले भनिन्, ‘सालामान्का शिक्षक संघलाई ‘रियलबोटिक्स’ कम्पनीको पृष्ठभूमिबारे चिन्ता रहेको छ। उनीहरूले प्रयोगमा ल्याइरहेको सफ्टवेयरको सुरक्षाका विषयमा हामी निकै चिन्तित छौं । जस्तै, यसमा तथ्यांक भण्डारण हुन्छ कि हुँदैन, यो कसरी संकलन गरिन्छ र यसको रेकर्डिङ क्षमता कस्तो छ ? यस विषयमा थप जनमत नजुटाएसम्म हामी विद्यालय क्षेत्रले यो रोबोट र यस एआई प्रविधिको सफ्टवेयर पक्षको कार्यान्वयन रोकोस् भन्ने चाहन्छौं।’

उनले उल्लेख गरे कि न्युयोर्क राज्य पनि हाल कक्षाकोठामा प्रविधिको अत्यधिक प्रयोगबाट पछि हटाउन थालिएको छ ।

पिह्लादले बताएअनुसार युनियन नयाँ सम्झौताका लागि वार्तालाई अन्तिम रूप दिँदैछ र यसमा कृत्रिम बुद्धिमत्ता सम्बन्धी सुरक्षात्मक प्रावधानहरू समावेश गर्ने योजना छ। हाई स्कुलका शिक्षकहरूको प्रतिनिधित्व गर्ने ‘सालामान्का टीचर्स एसोसिएसन’ को माउ संस्था ‘न्युयोर्क स्टेट युनाइटेड टीचर्स’ की अध्यक्ष मेलिन्डा पर्सनले द गार्जियनलाई बताइन् कि राज्यभरका शिक्षकहरू यस रोबोट कार्यक्रमलाई लिएर चिन्तित रहेका छन्। उनका अनुसार कि शिक्षकहरू प्रविधिको विपक्षमा छैनन्, बरु उनीहरू बालबालिकाको हितलाई सर्वोपरि ठान्छन् र कुनै कुरा विद्यार्थीका लागि लाभदायक छ वा छैन भन्ने आधारमा आफ्ना निर्णयहरू लिन्छन्।
यसैबीच, स्थानीय बासिन्दाहरूले कक्षाकोठामा ह्युमनोइड अर्थात मानव आकारका रोबोटहरूको परीक्षणका लागि नेटिभ अमेरिकन अर्थात मुल अमेरिकी विद्यार्थीहरूको ठूलो संख्या भएको माध्यमिक विद्यालय छनोट गरिएकोमा आलोचना गरेका छन्, यस विद्यालयका करिब ४० प्रतिशत विद्यार्थीहरू मुल अमेरिकन बिधार्थी छन् ।
तस्विरः प्रतिकात्मक





