अन्ततः शाही बन्ने भए कर्णालीको पाँचौ मुख्यमन्त्री

सुर्खेत, १२ साउन । नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेता मंगलबहादुर शाहीले कर्णालीको भावी मुख्यमन्त्रीमा  दाबी पेस गरेका छन् ।

आज प्रदेश प्रमुखको कार्यालयमा पुगेर समयसिमा भित्रै साँझ ५ बजे अघि उनले कर्णाली भावी पाँचौ मुख्यमन्त्रीका लागि आफ्नो दाबी पेस गरेका हुन् ।

केन्द्रमा सहमति भए अनुसार शाहीलाई नेकपा एमालेले समर्थन जनाएको छ । दाबी पेस कार्यक्रममा एमालेबाट प्रमुख सचेतक टेकराज पछाईको पनि उपस्थिति रहेको थियो ।

प्रदेश प्रमुख यज्ञराज जोशीको सचिवालयका अनुसार शाहीको नियुक्ति आजै हुनेछ भने पद तथा गोपनियताका शपथ भने भोलि हुनेछ ।