
विराटनगर । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनामा घाइते भई विभिन्न अस्पतालमा उपचाररत बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता मङ्गलबार विराटनगर पुगेकी छन् ।
घटनालगत्तै मन्त्रालयले मन्त्री मेहताले नोबेल शिक्षण अस्पताल,विराट मेडिकल कलेज शिक्षण अस्पताल र न्युरो अस्पताल पुगेर उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरूसँग विस्तृत जानकारी लिदै उपचारमा कुनै प्रकारको कमी हुन नदिन अस्पताल प्रशासनसँग छलफल गरेकी हुन् ।


घाइते तथा उनीहरूका परिवारसँग भेटका क्रममा मन्त्री मेहताले सरकार पीडितहरूको उपचार र सुरक्षामा संवेदनशील रहेको बताउँदै आवश्य सहजीकरण गर्ने बताएकी छन् । गम्भीर घाइतेहरूको उपचारमा मन्त्रालयले प्रत्यक्ष समन्वय गरिरहेको उनले बताइन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार घटनाको जानकारी प्राप्त भएलगत्तै मन्त्रालयले सम्बन्धित अस्पताल,जिल्ला प्रशासन कार्यालय,सुरक्षा निकाय तथा स्थानीय सरोकारवालासँग निरन्तर समन्वय गर्दै घाइतेहरूको उपचार प्रभावकारी बनाउन आवश्यक पहल गरिरहेको छ।




